झापा। जेन-जी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयमा आक्रमण गर्ने २९ जना पक्राउ परेका छन्। बिर्तामोडमा १६ र दमकमा १३ जना पक्राउ परेका हुन्। पछिल्लोपटक जेन-जी आन्दोलनका क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड ८ गरामनी बस्ने वर्ष ३६का गंगाराम लिम्बू र बिर्तामोड ७ मुसहरडाँडा बस्ने वर्ष […]
प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधबार देखिएको तनाव र हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै लोकतन्त्रमा अराजकता स्वीकार्य नहुने चेतावनी दिएकी छन्।
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ निवासी वर्ष ३१ का पुष्पलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उक्त दुर्घटनामा परी पाँच जना गम्भीर घाइते भएका छन् । धार्मिक […]
मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै एक लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका […]
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब ‘एक्सन’मा जाने बताएकी छन्। बुधबार सिंहदरबारमा भएको सर्वदलीय बैठकमा उनले प्रहरीमा नयाँ नेतृत्व आइसकेको र संगठन अब पूर्णरूपमा ‘एक्सन’मा जाने अवस्थामा रहेको बताएकी हुन्। उनले सरकारका कारण प्रहरीको मनोबल खस्किएको आरोपको पनि प्रतिवाद गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रहरीको मनोबल हामीले दुई महिनामा खस्काएका होइनौँ। हिजो […]