काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।बिहीबार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ।बिहीबार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीवार कारोबार रकममा सामान्य सुधार भएको छ। बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री