सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने राजस्व घटाएपछि चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा यस्ता सवारी साधनको आयात ह्वात्तै बढेको छ ।
वीरगञ्जस्थित सुक्खा बन्दरगाह भएर विद्युतीय गाडीको आयात बढेको हो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत बलराम भण्डारीका अनुसार सरकारले चालू आवको आर्थिक ऐनमार्फत विद्युतीय गाडी आयातलाई प्रोत्साहनको नीति लिएपछि यस्ता साधन भित्रिने क्रम बढेको छ ।
चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा बन्दरगाह भन्सारबाट विभिन्न कम्पनीका ८९ करोड १५ लाख रुपैयाँ मूल्यबराबरका २९० ओटा गाडी भित्रिएको ज...