संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरम
त्रिशुली–गल्छि सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–७ बुधसिंहघाटमा गएको पहिरो पन्छाउने क्रम जारी छ। शुक्रबार बिहानैदेखि पहिरो हटाउन सुरु गरिएपनि साँझ ६ बजेसम्म पहिरो हटाउने काम सकिएको छैन।
बिहीबार बेलुकी करिब साढे ५ बजेतिर...
काठमाडौं : निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका-५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।
यसैगरि, दैलेखको दुल्लु नगरपालिका-३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको…
काठमाडौं : स्याङ्जाको फेदिखोला गाउँपालिका वडा २ अन्तर्गत भालुपहाडबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ। आज बिहान ३: ३५ बजे ढुंगासहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको स्याङ्जा प्रहरीले जनाएको छ।
नगरपालिका र सडक विभागको सहकार्यमा राजमार्ग खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका ५ जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ । त्यस्तै कर्णाली नदीमा आएको बाढी, बैतडी, बझाङ, डडेलघुरा, कैलाली, बर्दिया, डोटी, सुनसरी, मोरगं, पाँचथर र धनकुटा […]
२६ असोज, काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो । डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’ बिहान […]
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १० : ०० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।“सडक विभाग तथा स्थानीय तहयसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ”, उनले भने, “आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ ।”
जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।...
नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण गरिरहेको छ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ । मनाङकै विभिन्न …
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एक सूचना जारी गर्दै अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । शनिवार सुचना जारी गर्दै गत असार १ गते बेलुकी करिव साढे ७ बजे मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण सोही गाउँपालिकाको वडा नं १ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो जानु उल्लेख गरिएको छ । डा. रविन राज निरौलाले सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी ७५ प्रतिशत मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हाल सम्म एकिन नभएको बताएकोले थप बाढी जान सक्ने हुँदा