संखुवासभा बाढी पहिरो अपडेट : बेपत्ताको खोजी जारी

संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरम