दाङ - दाङकाे पहाडी भेगका बासिन्दाको आयआर्जन बढाएर उनीहरुलाई स्वरोजगार बनाउनका लागि डिभिजन वन कार्यालय दाङले जडीबुटी क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जडीबुटीका बिरुवा निःशुल्क किसानको घरसम्म पुर्याइदिने र बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको कार्यालयले उत्पादित जडीबुटीको बजारीकरण गर्नेसम्मको योजना डिभिजन वन कार्यालयको छ ।
उमेरले दुई बीस पार गरिसकेका घोराही उपमहानगरपालिका वडा नं १९ श्री चौरका लालबहादुर पुन मगरलाई जडीबुटी लगाउने कार्यक्रमले मन छोएको छ&nbs...