त्रिवेणी गाउँपालिकामा अदुवा उद्योग प्रशोधन उद्योग सञ्चालन हुँदै

जेठ १४, रुकुम । रुकुम पश्चिमको त्रिवेणी  गाउँपालिका ६ स्थित दहवाङमा  अदुवा प्रशोधन उद्योग सञ्चालन हुने भएको छ ।   जिल्लाको त्रिवेणी गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका र बागचौर नगरपालिकाको अदुवा प्रशोधन गरी विक्री गर्ने उद्देश्यले उद्योग सञ्चालनको तयारी थालिएको हो ।  हाल उद्योगका भौतिक संरचनाको काम भइरहेको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट त्रिवेणी श्रम सहकारी मार्फत उद्योग निर्माणको काम भइरहेको सहकारीका अध्यक्ष शेरबहादुर मल्लले बताए ।  उनका अनुसार उद्योगको ३ करोड ९६ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएकोमा हालसम्म प्रदेश सरकार र सहकारीको गरी १ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ । उद्योगमा राखिने मेशिनका केही पाटपुर्जा आइसकेको र मुख्य मेसिन आउन बाँकी रहेको उनको  भनाइ छ । उद्योगको मुख्य मेशिन भारतबाट ल्याइने भएकाले कोरोना र निषेधाज्ञाका कारणा कारण ल्याउन नसकिएको उनले बताए ।  भौतिक संरचना निर्माणको काम सकिएपछि उद्योग सम्मपुग्ने थ्रि फेज विद्युत्, ट्रान्सफरमर जडान लगायतका काम गरिने छ । दहबाङमा उद्योग निर्माणपछि अदुवा मात्र नभएर बेसार, अलैची, टिम्मुर पनि प्रशोधन हुने छ । बजारको माग अनुसारको मसला प्रशोधन गरिने अध्यक्ष मल्लको भनाइ छ । जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र सल्यानको बागचौर नगरपालिका र दार्मा गाउँपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा उत्पादन हुने गर्दछ ।  

सम्बन्धित सामग्री

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

काठमाडौँ,६ पुष । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि […]

अवैध क्रसर उद्योग सञ्चालन

म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजार स्थित कालिगण्डकी नदी किनारमा दर्ता बिनै क्रसर उद्योग सञ्चालन गरिएको छ ।बेनी–जोमसोम कोरला सडकखण्ड अन्तरगत पर्ने सदरमुकामदेखि नजिकै रहेको उक्त क्रसर उद्योग सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको छ । सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको रघुंगगा गाउँपालिका २ का वडाध्यक्ष अमृत भण्डारीले बताए । दर्ता बिनै […]

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

काठमाडौं, असार २३ । लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग […]

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले जानकारी दिए ।हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त

उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने

काठमाडौं, १५ जेठ । सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् । साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई […]

उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने

सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् । साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि उनले बताए ।

उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने

काठमाडौँ- सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् ।  साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि […]

सहकारीले उद्योग सञ्चालन गर्दै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । गैंडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार रुपैयाँको लगानीमा उद्योग सञ्चालन गर्न लागेको हो ।कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत […]

उत्पादनमूलक उद्योग सञ्चालन गरेर अर्थतन्त्र चलायमान बनाउन सुझाव

उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन गण्डकी प्रदेशबासीले सरकारलाई सुझाव दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनीहरुले कोरोना प्रभावित भएको अवस्थामा उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन सुझाव दिएका हुन् ।कोरोनाले प्रभावित भएको अवस्थामा प्रदेशको […]

निगालो प्रशोधन उद्योग सञ्चालन

जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो पटक जंगलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । पुख्यौली पेशालाई आर्थिक आम्दानी तथा व्यवसायसँग जोड्न हिमा गाउँपालिका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालन भएको हो ।विगतमा निगालोबाट बनेका डोको, टपरी, डालो, मुडा, सुपो पिँजडालगायतका सामग्री अन्नपातसँग साटिन्थ्यो । तर समयको विकाससँगै पुर्खेली सीपलाई आय–आर्जनसँग जोड्न […]