काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) ले बीओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आएका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तताबापत ५ लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ । खातावाहक खत्री दुर्घटनामा परी पूर्ण रूपमा अशक्त भएकाले बैंकले बीमा सेवाप्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्ससँग समन्वय गरी रकम हस्तान्तरण गरेको हो । बैंकको लुम्बिनी प्रदेशको नेपालगञ्ज प्रादेशिक कार्यालय प्रमुख गणेश खत्रीले बीमा दाबी रकम गोपाल खत्रीलाई हस्तान्तरण गरे ।