प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार लिएको शपथको विषयलाई लिएर परेको रिटमाथि मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेशी तोकिएको छ ।
शपथका क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएर संविधानको उल्लघंन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेका थिए ।
बरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र वली लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
रिटमा सांसद सदस्य नरहेका ७ मन्त्रीलाई काम गर्न रोक्न माग दावी गरिएको छ । माओवादी छाडेर...