धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथ पुस १५ गते हुने भएको छ।पुस १५ गते १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्।त्यसपछि रावलले प्रदेशसभाका ५२ जना सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। शपथ ग्रहण गर्ने ५२ जनामध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्नेछन्। नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित एक गरी ६ जनाले मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव देव