स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर जुम्ला जिल्लाका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अहिलेसम्म ८६ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । ‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा