भारतको संविधानबाट 'इन्डिया' शब्द हटाउन संसद्को विशेष सत्र आह्वान

भारतको संविधानबाट देशको नाम समेटिएको 'इन्डिया' शब्द हटाउने तयारीको चर्चा बढेको छ । भारतको संविधानको परिभाषामा देशको नाम 'इन्डिया' अर्थात् भारत रहेकोमा 'इन्डिया' शब्द हटाएर भारत मात्रै राख्ने सरकारको तयारीको चर्चा बढेको हो । भारत सरकारले देशको नामबाट 'इन्डिया' शब्द हटाउने प्रयोजनका लागि संविधान संशाेधन गर्न यही सेप्टेम्बर १८ देखि संसद्को विशेष सत्र आह्वान गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एकाथरीले 'इन्डिया' शब्द बेलायती उपनिवेशकाे अवशेष भन्...