निस्वार्थ र निष्काम कर्म मात्रै, परिश्रम मात्रै गरिन्। आशा र अभिलाषा आफ्नो लागि शून्य, अरुको लागि अनन्त दिइन्। त्यसैले म अचेल बुझ्दै छु कि 'आमा' मात्र एउटा शब्द होइन, यो त अर्थ हो।
अर्थ तपाईका हरेक प्रश्नहरुको, तपाईका हरेक उत्तरहरुको, तपाईका हरेक आवश्यकता तथा चाहनाहरुको, तपाईका हरेक सुखदुखका पलहरुको र तपाईका हरेक शब्दहरुको।