सांग्रिला बैंकले कर्मचारीलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्दै

काठमाडौँ– इन्धनको खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरूलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्न थालेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी इन्धन खपत कम गर्ने उद्देश्यका साथ आफ्ना कर्मचारीलाई साइकल प्रयोग गर्न अभिप्रेरित गर्न थालेको बैंकले आज विज्ञप्तिमार्फत् जनाएको हो । बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवातजावत […]

सम्बन्धित सामग्री

साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले आज चितवनमा आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । “साइक्लिङ प्रदूषणरहित यात्रा हो । …

तीन दिदीबहिनी साइकलमा सरर

हरेक यात्राका आ–आफ्नै उद्देश्य र बेग्ला–बेग्लै अनुभूति हुने गर्छन् । तस्बिरमा देखेका तर प्रत्यक्ष नपुगेका स्थानमा पुग्नु, त्यस स्थानको परिवेशसँग प्रत्यक्ष साक्षात्कार गर्नु र फरक भूगोलसँग चिनारी हुनु जीवनको सबैभन्दा महìवपूर्ण तथा अविस्मरणीय क्षण बन्दो रहेछ । त्यही अविस्मरणीय यात्रामध्ये एक थियो हामी तीन जना पत्रकार महिलाले गरेको ‘महाकाली–मेची’ साइकल यात्रा । हामी तीन जना साइकल यात्री (सङ्गीता नेपाली, इन्दिरा विश्वकर्मा र म) पेसाले रेडियोकर्मी । आफ्नो जीवनकालमा साइकलको प्रयोग नगरेका र साइकल चलाउने सिप पनि खासै नभएका । त्यसैले पनि साइकल चढेर पूरै नेपालको

रौतहटमा काठ तस्करी बढ्यो, नियन्त्रण गर्न वनकै कर्मचारी बाधक

रौतहट : जिल्लाका वनमा व्यापक रूपमा तस्करी भइरहँदा पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समिति, जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा चोरी तस्करी भइरहेको हो।केही समयअघिसम्म टायर गाडा र ट्र्याक्टर प्रयोग गरेर काठको चोरी गर्ने समूह अहिले साइकलको प्रयोग गरी तस्करी गर्न सक्रिय रहेको छ। जिल्लाको वृन्दावन नगरपालिकामा पर्ने रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको मातहतमा पर्ने वनबा

विद्युतीय सवारीसाधन प्रयोगमा सांग्रिला बैंकको प्रोत्साहन

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत घटाउन आफ्ना कर्मचारीलाई विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रेरित गरेको छ । सरकारले इन्धन खपत घटाउने भन्दै सातामा दुई दिन बिदा दिएको अवस्थामा बैंकले सरकारी प्रयासमा सघाउन कर्मचारीलाई प्रोत्साहन गरेको हो । ‘सरकारी प्रयासमा सघाउने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवतजावत गर्दा विद्युतीय सवारीसाधनको प्रयोग गर्न वातावारण दिवसको अवसरमा सन्देश दिन खोजिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै आवतजावतको क्रममा सार्वजनिक यातायातको प्रयोग गर्न, कम इन्धन प्रयोग हुने सवारीसाधन, साइकलको प्रयोग र हिँडेर कार्यालय आवतजावत तथा कारपुलिङ गर्न उत्पे्ररित गरिएको बैंकले बताएको छ । बैंकले आइतवार विश्व वातावरण दिवसको अवसरमा ‘इन्धन बचाऊ पृथ्वी बचाऊ, साइकल चलाऊ इन्धन बचाऊ’ नारासहित साइकल र्‍याली आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले साइकल र्‍यालीमा सहभागीहरूलाई इन्धन बचाउन बैंकले चालेका कदममा कर्मचारीले सघाउनुपर्ने बताए । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट शुरू गरिएको र्‍याली भाटभटेनी, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, शहीदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबारमार्ग, लैनचौर, कालिका टावर हुँदै बैंकको केन्द्रीय कार्यालयमै पुगेर सम्पन्न गरिएको थियो । र्‍यालीमा बैंकका संस्थापक सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ,  बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले साइकल प्रयोग गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीलाई इन्धनको खपत घटाउनका लागि साइकलको प्रयोग गार्न आग्रह गरेको छ ।बैंकले विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले नेपालसमेत इन्धनमा भएको मूल्यवृद्धिको चपेटामा परेको भन्दै साइलक प्रयोगमा जोड दिएको जनाएको छ ।समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई […]

तेलको मूल्य बढेपछि साइकल प्रयोगकर्ता बढे

अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने सवारी साधन साइकलको प्रयोग बढेको हो ।  यसअघि अफगानिस्तानी मूल्यअनुसार ३५ पर्ने प्रतिलिटर पेट्रोलियम पदार्थको मूल्य अहिले ७६ पुगेको अधिकारीले जनाएका छन् । पछिल्लो दुईदेखि तीन महिनामा दोब्बरभन्दा बढी मूल्य वृद्धि भएकाले काबुलवासीले पेट्रोलियम पदार्थको प्रयोग घटाउन साइकलको प्रयोग बढाएका हुन् ।“पेट्र

साइकलबाटै काठ तस्करी

काठ तस्करहरूले ट्रयाक्टर, बयलगाडा र ट्रक जस्ता साधन छाडेर पछिल्लो समय काठ चोरी तस्करीमा साइकलको प्रयोग गर्न थालेको घटनाक्रमले देखाएका छन् ।