राजधानीमा आइओटी प्रदर्शनी जारी

काठमाडौं । गत शुक्रबारदेखि राजधानीमा स्मार्ट रोबटिक आइ.ओ.टी प्रदर्शनी जारी छ । कम्प्युटिङ सोलुसनमार्फत मानव जीवन पद्धतिलाई नै कसरी स्मार्ट र प्रविधिमैत्री बनाउन सकिन्छ ? सो अध्ययनमा लागेको सफ्ट्वरिका कलेज अफ आइटी एण्ड इकमर्सले उक्त आइ.ओ.टी. प्रदर्शनीको आयोजना गरेको हो ।गत फागुन २८ गते देखि राजधानीको डिल्ली बजारमा जारी उक्त प्रदर्शनीमा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर,स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबटिक हात लगायत विविध ३० वटा रोबटिक प्