अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्न आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति १ करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।   तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख तथा सघन उपचार केन्द्र कक्ष र भेन्टिलेटरका लागि ३ करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो । अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको हो । अहिले अक्सिजन प्लान्ट राख्ने भवन निर्माण पूरा भएको छ । भवन निर्माण र अक्सिजन उत्पादन गर्ने मेसिन उद्यारोमा खरीद गरी सञ्चालन गर्न लागिएको अध्यक्ष पाण्डेयले बताए । जिल्लामा निषेधाज्ञा फितलो भएसँगै कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । अक्सिजन प्लान्ट जडानका लागि विद्युत्लगायत अन्य साम्रगी प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य शुरू हुने प्राविधिक देवेन्द्र श्रेष्ठले बताए । पाल्पामा पहिला पहिला अक्सिजन अभाव भएपछि बुटबल तथा चितवनसम्म जानुपर्ने बाध्यता रहेको थियो । अक्सिजन प्राप्तिका निम्ति सर्वसाधारण नागरिकले बिरामीको उपचारमा सास्ती खेपेका थिए । पाल्पा अस्पताललगायत अन्य अस्पतालमा उत्पादित अक्सिजनले पाल्पामा अब अक्सिजनको अभाव नहुने अस्पतालका मेसु जगदीश कँुवरले बताए । रासस

सम्बन्धित सामग्री

काभ्रेको चौरीदेउरालीमा अक्सिजन प्लान्ट जडान

काभ्रेको विकट चौरीदेउराली गाउँपालिकामा अक्सिजन प्लान्ट जडान भएको छ । काम सुरु गरेको पाँच महिनामै जडान सम्पन्न भएको छ । कोभिड–१९ महामारीका कारण अक्सिजन अभाव झेलेसँगै चौरीदेउराली गाउँपालिका–५ स्थित चौरीदेउराली अस्पतालमा प्लान्ट...

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान

एक करोड ४५ लाखको लागतमा अक्सिजन प्लान्ट जडान गरिएको चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले जानकारी दिए।...

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो।

राष्ट्रिय आविस्कार केन्द्रको पहलमा मिनी अक्सिजन प्लान्ट जडान

सल्यान : सल्यानको बागचौर नगरपालिकामा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ को महामारीबीच संक्रमितको लागि आवश्यक अक्सिजन अभाव हुन नदिन नगरपालिकाले स्थापना गरेको आइसोलेसन केन्द्रमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको हो।राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए।मिनी अक्सिजन प्लान्ट जडानपछि  संक्रमितलाई अक्सिजनको आवश्यकता पर्दा अभाव नहुने उनको भनाई छ। एक मिनेटमा ६७ लिटर अक्सिजन उत्पादन हुने र ए

बाग्मती प्रदेशका थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने

काठमाडौं। बाग्मती प्रदेश सरकारले प्रदेशका थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ। रामेछाप जिल्ला अस्पताल,धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल,ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। आठकरोड ५० लाखको लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

लमजुङ सदरमुकाम बेसीसहरस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पतालमा उपकरण जडान भएको हो ।अक्सिजन प्लान्टका लागि गण्डकी सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो । चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ […]

लमजुङमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालमा श्निबार साँझ अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार प्लान्टले ‘२४ घन्टामा १५ थान ठूलो सिलिन्डरबराबरको अक्सिजन...

‘१५ दिनमा  अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’

काठमाडौँ / निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का

एकसय बेडका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

काठमाडौं। एकसय बेड भएकाले अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार बसेका मन्त्रिस्तरीय बैठकले एकसय बेडभन्दा माथिका अस्पतालले १५ दिनभित्रमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी स्वास्थ्य मन्त्रालयमा पठाउन अनुरोध गरे।