रौतहटमा कटुवा पेस्तोल र गोलीसहित ४ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा भगवती गाउँ पालिका २ का २४ वर्षका सञ्जय साह सोनार,सोही वडाका वर्ष २८ का संजिव महतो ,वडा १ का वर्ष १९ का राजेश कुमार चौधरी ,र गढीमाई ६ का दिनेश महरा रहेका छन् ।जिल्लाको दुर्गाभगवती गाउँपालिका–२, भलोहिया गाउँ घर भएका २४ वर्षीय सञ्जय साह सोनारको घर खानतलासीको क्रममा एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गंगापि