नेपालगञ्ज – बाँके प्रहरीले कटुवा पेस्तोल, भरुवा बन्दुक, छर्रा र बारुदसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय, भगवानपुरका प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा खटिएको टोलीले नरैनापुर गाउँपालिका–१, बानियागाउँबाट छब्बीलाल केवटलाई हतियारसहित पक्राउ गरेको हो। हतियार लुकाइ राखेको विशेष सूचना पाएपछि भगवानपुर, सुइया बघौडा र प्रहरी चौकी लक्ष्मणपुरबाट गएको टोलीले केवटको घर खानतलासी गर्दा […]