लघुवित्तमा रहेको एनजीओको लगानीलाई वैधता दिन लबिङ

काठमाडौं । लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा गैरसरकारी संस्था (एनजीओ) हरूले गरेको लगानीलाई मान्यता दिन लघुवित्तकर्मीले लबिङ गरेका छन् । एनजीओको लगानी हटाउँदा लघुवित्त संस्थाहरू नाफाकेन्द्रित भई लघुवित्तको मर्म नै ओझेलमा पर्ने भन्दै हाल गरिएको लगानीलाई वैधानिकता दिन उनीहरूले माग गरेका हुन् । कम्पनी रजिस्ट्रारको कार्यालयले जारी गरेको कम्पनी निर्देशिका, २०७२ मा कानूनी अस्तित्व भएका गैसस, साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारी संस्थाले नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने तथा पहिले गरेको लगानी पनि फिर्ता गर्नुपर्ने व्यवस्था गरेसँगै लघुवित्तमा रहेको एनजीओको लगानी अप्ठ्यारोमा परेको हो । निर्देशिकाले पहिल्यै भएको शेयर फिर्ता गर्न दिएको २०७६ मङ्सिरसम्मको समयसीमा सकिए पनि विवाद मिल्न सकेको छैन । हाल सञ्चालनमा रहेका ६७ ओटा लघुवित्त संस्थामध्ये ३२ ओटाको संस्थापक शेयरमा ५१ प्रतिशतसम्म एनजीओको लगानी छ । नेपालमा लघुवित्त कार्यक्रमको शुरुआत नै एनजीओबाट भएको भन्दै अहिले एनजीओको लगानीलाई अवैधानिक भन्नु गलत भएको लघुवित्त विज्ञ तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए । ‘लघुवित्त सामाजिक उद्देश्यसहितको व्यवसाय भएकाले एनजीओमार्फत काम भएको हो,’ उनले भने, ‘अहिले व्यक्ति वा कम्पनीले मात्र लगानी गर्न पाउँछन् भन्नु लघुवित्तलाई अझ नाफामुखी बनाउनु मात्र हो ।’ कम्पनी ऐनमा एनजीओको लगानीबारे उल्लेख नभए पनि निर्देशिकामार्फत ल्याइएको प्रावधानले अप्ठ्यारो परेको भन्दै यस विषयमा कानूनी उपचार खोज्ने श्रेष्ठले जानकारी दिए । ‘कम्पनी रजिस्ट्रार कार्यालयसँग यस विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘उहाँहरू सहमत नभएमा हामी अदालत जान्छौं ।’ नेपालमा गैरनाफामूलक कार्यक्रमका रूपमा लघुवित्त सेवा शुरू भएकाले सामाजिक संस्थाहरूले यो कार्यक्रम सञ्चालन गरेका थिए । राष्ट्र बैंकले फाइनान्सियल इन्टरमिडिएटरी एक्ट (फिङ्गो) अन्तर्गत सामाजिक संस्थाहरूलाई पनि लघुवित्त व्यवसायको अनुमति दिएको थियो । राष्ट्र बैंकले कम्पनी ऐनअन्तर्गत दर्ता भएका संस्थाबाट वित्तीय सेवा दिने नीति लिएसँगै लघुवित्त सेवा दिने एनजीओहरूले आफ्नो प्रवर्द्धनमा कम्पनी खोलेर लघुवित्त विकास बैंकका रूपमा रूपान्तरण भएका छन् । तर, कम्पनी रजिस्ट्रारको कार्यालयले सामाजिक संस्थाका साथै साझेदारी फर्म, प्राइभेट फर्म र सहकारीले समेत नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था गरेसँगै पहिले भइसकेको लगानीसमेत अप्ठ्यारोमा परेको हो । अहिले थोकमा लघुवित्त कर्जाको कारोबार गर्ने साना किसान लघुवित्त वित्तीय संस्थाको अधिकांश शेयर साना किसान सहकारी संस्थाहरूको छ । यसबाहेक पुराना लघुवित्तहरू निर्धन उत्थान, छिमेकलगायत पछिल्लो समयमा एनजीओबाट रूपान्तरण भएका लघुवित्तमा पनि एनजीओको लगानी छ । लघुवित्त बैंकरहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले पनि पहिल्यै दर्ता भएका संस्थाको हकमा लगानी गर्न छूट दिनुपर्ने लबिङ गर्दै आएको छ ।

सम्बन्धित सामग्री

नेपालको नयाँ नक्सालाई समर्थन गर्न चीनसँग एमालेको लबिङ

भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग समेटेर नेपालको संसद्ले जारी गरेको नयाँ नक्सालाई साथ दिन एमालेले चीनसँग लबिङ गरेको छ । चीन भ्रमणमा रहेका महासचिव शंकर पोखरेलसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट...

‘हेरफेर सम्भव छैन’

निजी क्षेत्रले व्याजदर तथा चालु पुँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको नीति सच्याउन माग राखेर एक चरणको लबिङ र दवाव दिने काम सकेको छ । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा निस्केको टोलीले विभिन्न दलका नेतृत्व, प्रधानमन्त्री, अर्थमन्त्री र वाणिज्य मन्त्रीलाई भेटेर राष्ट्र बैंकमाथि दबाब दिन खोजेको हो । यही प्रयास अन्तर्गत बिहीबार […]

आयात प्रतिबद्ध खुलाउँदै सरकार

अर्थतन्त्रको बाह्य क्षेत्रमा करिब एक वर्षसम्म रहेको समस्यामा पछिल्ला दिन झिनो सुधारका संकेत देखिएका छन्। तर यही सुधारको तथ्यांकलाई देखाएर स्वार्थी समूहले आयातमा लाग्दै आएको प्रतिबन्ध खुकुलो बनाउन गरेको लबिङ आंशिक रूपमा सफल भएको छ।सरकारले गत वैशाख दोस्रो सातादेखि १० वटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो। जसमध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध सरकारले हटाएको छ भने ४ वटामाथिको प्रतिबन्ध कायम राखेको छ।मन्त्रिपरिषद्को सोमबारको बैठकले महँगा सवारीसाधन, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै

कांग्रेस नेताहरूको लबिङ- संकटबाट पार लाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔँ

काठमाडौं । बिचौलिया राखेर बजेटमा करका दर हेरफेर गरेको तथा सिसिटिभी फुटेज समेत डिलिट गरेको आरोपपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए लगत्तै कांग्रेसका केही नेताले अर्थ मन्त्रालय अब माओवादीलाई दिन नहुने लबिङ गरेका छन् । केन्द्रीय केन्द्रीय कार्य समिति सदस्य समेत रहेका नेताहरूले संकट उन्मुख अर्थतन्त्र जोगाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन नेतृत्वको ध्यानाकर्षण समेत गराएका […]

बुटवलको मेयरमा एमालेलाई टक्कर दिन कांग्रेसले कसलाई अगाडि सार्ला ?

पश्चिम नेपालको पुरानो औद्योगिक शहर बुटवलमा जाडो मौसम जानै लाग्दै चुनावी गर्मी बढ्न थालेको छ । नारायणी पश्चिमकै उदीयमान शहर तथा लुम्बिनी प्रदेशको मुकाम हो बुटवल । निर्वाचनको मिति घोषणासँगै सधैं एमालेको विरासत रहँदै आएको बुटवलमा आफ्नो पकड कायम गर्न नेपाली कांग्रेस रणनीतिमा लागेको छ । कांग्रेसले राजनीति भेटघाट र लबिङ शुरू गरेको छ । कम्युनिस्ट किल्लाको रूपमा रहेको बुटवल उपमहानगरपालिकामा गठबन्धन बनाएरै भए पनि आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेको ‘आधार इलाका’ भत्काउने दाउमा कांग्रेस देखिन्छ...

कांग्रेस निकट कानून व्यवसायीलाई न्यायाधीश बनाउन पार्टीको लबिङ !

कैलाली । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह जिल्लामा निकट कानून व्यवसायीलाई न्यायाधीश बनाउन पार्टीले लबिङ सुरु गरेको छ । माघ २८ र २९ गते बसेको जिल्ला कार्य समितिको बैठकले कांग्रेस निकट कानून व्यवसायी धिरेन्द्र साउँदलाई न्यायाधीश बनाउन पहल गर्ने निर्णय गरेको हो । दुई दिन सम्म बसेको बैठकले १५ वटा […]

सहकारीको ब्याज बढाउन लबिङ

काठमाडौं ।बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएसँगै सहकारीको ब्याजदर बढाउन सञ्चालकहरुले लबिङ थालेका छन् । सहकारी विभागले तोकेको सहकारी संस्थाहरुको ऋणको अधिकतम ब्याजदरको सीमा सन्दर्भ ब्याजदर १४.७५ प्रतिशतमा रहेर संस्था सञ्चालन गर्न ग्राहो भएको भन्दै पुनरावलोकन गर्न सञ्चालकहरुले दबाब दिएका हुन् । “अहिले बैंकहरुले बचतमै १४-१५ प्रतिशत ब्याजदर दिन थालिसकेका छन् । अब सहकारीलाई दुर्घटनाबाट […]

प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा राख्न देउवाको ‘लबिङ’

भदौ ११ गते संवैधानिक इजलासमा आफैं विपक्षी रहेको मुद्दामा प्रधानन्यायाधीश बस्ने कि नबस्ने भन्ने विषयमा अधिवक्ता ओमप्रकाश अर्याल तथा वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र शम्भु थापाको बहस सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासबारे निकास दिन आग्रह गरे । उनले अधिवक्ताहरूलाई नै कसरी निकास दिन सकिन्छ भन्दै प्रश्न गरे । बहस सकिएपछि अन्य न्यायाधीशसँग छलफल गर्दै प्रधानन्यायाधीश जबराले भने, ‘पेसी तोक्ने र फैसला हुने दिन म विदामा बसेर सहयोग गर्छु ।’ प्रधानन्य

नेकपाभित्रैबाट सरकारको विकल्प दिन सांसदको ‘लबिङ’

नेकपाका दुई दर्जन सांसदले पार्टीभित्रैबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गर्दै