इटहरीको तरहरादेखि सेउती पुलसम्मको ६ लेन सडक निर्माण कार्यले तीन दिनभित्र पुन: निरन्तरता पाउने भएको छ । रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक विस्तार आयोजना अन्तर्गतको सो सडक निर्माण कार्य एक वर्षदेखि अपलत्र हुँदा यात्रुले सास्ती पाएको भन्दै इटहरी उपमहानगरपालिकाको ताकेतापछि ठेकेदारले पुन: काम थाल्ने लिखित प्रतिबद्धता जनाएको हो ।