सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

८ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका पुरुषको मृत्यु भएको जानकारी दिए । प्रादेशिक अस्पतालमा अहिले १० […]

सम्बन्धित सामग्री

कोरोना संक्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा उपचाररत कोरोना संक्रमित १ महिलाको निधन भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएकी ७३ वर्षीया महिला छन् ।

गौरीफन्टा सीमा नाकामा २ दिनका लागि आवागमन बन्द

वैशाख ५, कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आइतवारदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ ।  उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमवार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आइतवार अपराह्न ४ बजेदेखि मंगलवार दिनभरि सीमा नाका बन्द हुने सूचना आएको त्रिनगर प्रहरी चौकी कैलालीका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तले जानकारी दिए । स्वास्थ्य उपचारलगायत अत्यावश्यक कामका लागि आवागमन गर्नेलाई भने सीमामा नरोकिने जानकारी दिइएको छ । सीमा नाका बन्द भएसँगै कोरोना भाइरस संक्रमणको त्रासका कारण गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किनेले समयमै गन्तव्यमा पुग्न नपाएर समस्या झेल्नुपर्ने देखिएको छ ।  भारतमा बढेको कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि गौरीफन्टा सीमानाका हुँदै नेपाल फर्किने पनि बढ्दै गएका छन् । ‘हाल दैनिक एक हजार संख्याको हाराहारीमा यो नाका हुँदै नागरिक भित्रिने गरेका छन्’, प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘सीमा नाका बन्द हुँदा नेपाल फर्किन चाहनेले बाटोमा समस्या झेल्नुपर्ने देखिएको छ ।’  सीमा नाकामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेमा कोरोना भाइरसको संक्रमण भए नभएकाबारे ज्वरो नाप्ने कार्यका साथै एन्टिजेन परीक्षणको काम भइरहेको छ । एन्टिजेन परीक्षणबाट ‘पोजेटिभ’ नतिजा देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको क्वारेन्टिनमा पठाउने गरिएको छ ।  गएको दुई दिनमा सुदूरपश्चिम प्रदेशमा ५३ जना कोरोना भाइरसका संक्रमित थपिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कञ्चनपुर जिल्लाका कोरोना संक्रमित ८१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिवार मृत्यु भएको थियो ।  योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म ५९ पुगेको छ । प्रदेश बाहिरका जिल्ला र होम आइसोलेशनमा मृत्यु हुनेको तथ्यांक भने निर्देशनालयसँगै छैन । रासस

कोरोना संक्रमित १ जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण सोमवार मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतवार राति अस्पताल पुगेका उनको नमूना परीक्षण गर्दा कारोना संक्रमण पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतवार राति ...

धनगढीमा उपचाररत् कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

कैलाली : धनगढीमा उपचाररत् कञ्चनपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढी स्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

धनगढीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु

कैलाली : कैलालीमा एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर एक की ६३ वर्षीया कोरोना संक्रमित महिलाको सोमवार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज ७ गते सेती प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्। उपचारकै क्रममा परीक्षण गर्दा असोज