कैलाली : धनगढीमा उपचाररत् कञ्चनपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।