गौरीफन्टा सीमा नाकामा २ दिनका लागि आवागमन बन्द

वैशाख ५, कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आइतवारदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ ।  उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमवार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आइतवार अपराह्न ४ बजेदेखि मंगलवार दिनभरि सीमा नाका बन्द हुने सूचना आएको त्रिनगर प्रहरी चौकी कैलालीका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तले जानकारी दिए । स्वास्थ्य उपचारलगायत अत्यावश्यक कामका लागि आवागमन गर्नेलाई भने सीमामा नरोकिने जानकारी दिइएको छ । सीमा नाका बन्द भएसँगै कोरोना भाइरस संक्रमणको त्रासका कारण गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किनेले समयमै गन्तव्यमा पुग्न नपाएर समस्या झेल्नुपर्ने देखिएको छ ।  भारतमा बढेको कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि गौरीफन्टा सीमानाका हुँदै नेपाल फर्किने पनि बढ्दै गएका छन् । ‘हाल दैनिक एक हजार संख्याको हाराहारीमा यो नाका हुँदै नागरिक भित्रिने गरेका छन्’, प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘सीमा नाका बन्द हुँदा नेपाल फर्किन चाहनेले बाटोमा समस्या झेल्नुपर्ने देखिएको छ ।’  सीमा नाकामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेमा कोरोना भाइरसको संक्रमण भए नभएकाबारे ज्वरो नाप्ने कार्यका साथै एन्टिजेन परीक्षणको काम भइरहेको छ । एन्टिजेन परीक्षणबाट ‘पोजेटिभ’ नतिजा देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको क्वारेन्टिनमा पठाउने गरिएको छ ।  गएको दुई दिनमा सुदूरपश्चिम प्रदेशमा ५३ जना कोरोना भाइरसका संक्रमित थपिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कञ्चनपुर जिल्लाका कोरोना संक्रमित ८१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिवार मृत्यु भएको थियो ।  योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म ५९ पुगेको छ । प्रदेश बाहिरका जिल्ला र होम आइसोलेशनमा मृत्यु हुनेको तथ्यांक भने निर्देशनालयसँगै छैन । रासस

सम्बन्धित सामग्री

उपत्यकाको ट्राफिक आवागमन अस्तव्यस्त (फोटोफिचर)

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको  भ्रमणका कारण काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन अस्तव्यस्त भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आज एक सूचना जारी गरी उपत्यकाका विभिन्न स्थानको ट्राफिक आवागमन प्रभावित हुने भन्दै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको हो । विहान रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । आज दिउँसो

मंकिपक्स बढे अन्तरराष्ट्रिय आवागमन रोकिन सक्छ : डा पाण्डव

काठमाडौं : पछिल्लो समय विश्वभरि नै बढ्दै गएको मंकिपक्सको संक्रमणले फेरि अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने बताइएको छ।डब्लुएचओ नेपाल प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय मंकिपक्स संक्रमण बढ्दै गएको हुँदा यो स्थिति यथावत रहे अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने संकेत गरेका हुन्।‘मंकिपक्स संक्रमण हाल जुन तरिकाले बढ्दै गएको छ‚ यो नरोकिए भोलिका दिनमा अन्तरराष्ट्रिय आवागमन फेरि रोकिन सक्छ। त्यसैले सतर्क रहनुपर्ने अवस्था छ‚’ उनले भने।डा

सीमामा आवागमन बन्द गर्ने सहमति

आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी कैलालीको गोदावरीमा आज भएको ‘नेपाल–भारत सीमा समन्वय बैठक’मा निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गर्ने सहमति भएको छ ।अत्यावश्यक सेवाबाहेक निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गरी सीमा सुरक्षा चुस्त बनाउने सहमति भएको नेपालको तर्फबाट बैठकको नेतृत्व गर्नुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।“खुला सीमानाकाबाट भइरहेको अपराध न्यूनीकरण र चुनावको दिनभन्दा ४८ घण्टा अघ

नयाँ बानेश्वरमा यातायात आवागमन अस्तव्यस्त

काठमाडौं । एमसीसीको विरुद्ध विरोध प्रदर्शन हुँदा नयाँ बानेश्वरक्षेत्रमा यातायात आवागमन अस्तव्यस्त भएको छ । सो विरोधमा प्रदर्शन भएपछि आतबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि यातायात आवागमनमा समस्या भएको हो । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक समेत लगाइएपछि यातायात आवागमन समस्या भएको छ नयाँ बानेश्वरमा एमसीसीको विरोध गर्दै आएका प्रदर्शनकारीहरु सडकमा भेला भएर […]

काठमाडौंको यातायात आवागमन अस्तव्यस्त

८ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ । तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो । काठमाडौंको नयाँ बानेश्वरमा सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । […]

आवागमन सुनिश्चित नभएका देशमा अध्ययन गर्न अनुमति रोकिने

सरकारले आवागमन सुनिश्चित नभएका देशमा अध्ययन गर्न अनुमति नदिने भएको छ । शिक्षा मन्त्रालयले सम्बन्धित विश्वविद्यालयमै उपस्थित भई अध्ययन गर्न जान आवागमन अनुमति सुनिश्चित नभएका देशका शिक्षण संस्थामा अध्ययन अनुमतिपत्र स्थगन...

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द

भजनी- हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ । मङ्गलबार मर्मत सुरु भएकाले असोज […]

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ । मङ्गलबारदेखि मर्मत सुरु गरी यही असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवधिमा आवागमन कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा जानकारी दिए ।

नेपाल र भारतबीच पैदल आवागमन सुचारु

नेपाल र भारतबीच पैदल आवागमन सुरुचारु भएको छ। दुई देशका स्थानीय जिल्ला अधिकारीबीच उच्च तहमा भएको वार्तापछि बिना सवारी साधन पैदल ओहोरदोहोर गर्नलाई छुट दिइएको छ।...

सीमामा अवैध आवागमन रोक्न सक्रियता

बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट हुने गरेको आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले भारतमा कोरोना सङ्क्रमण अनियन्त्रित भएकाले त्यसको जोखिम कम गर्न भारत आवागमनमा रोक लगाइएको बताए । कोरोना सङ्क्रमण र मृत्युको सङ्ख्या दैनिकरूपमा बढ्न थालेसँगै बाँकेको जमुनाह ...