भारतीय नेताहरूले आफ्नो देशलाई विश्वगुरु बनाउन चाहेको भनी पटकपटक अभिव्यक्ति दिए पनि विश्व राजनीतिमा भारतको स्थान कमजोर छ । यस विषयमा धारिलो विश्लेषणसहित केही महिनाअघि एउटा पुस्तक प्रकाशन गरिएको छ ।
परराष्ट्र मामिलामा कलम चलाइरहेका भारतीय युवा विश्लेषक मोहम्मद जीशानको पुस्तक ‘फ्लाइङ ब्लाइन्ड : इन्डियाज क्वेस्ट फर ग्लोबल लीडरशिप’मा भारत किन विश्वशक्ति बन्न सकेन भन्ने विषयको शल्यक्रिया गरिएको छ । जम्मा २७२ पृष्ठको सानो तर सशक्त यस पुस्तकमा भारतका परराष्ट्रनीति कार्यान्वयनका कमजोरीलाई मज्जैले चर्चा गरिए...