रुसी सैनिक चढेको विमान खसालिदिएको युक्रेनको दाबी

काठमाडौं :  युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिकहरू चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ।उक्त रुसले कुनै प्रतिक्रिया दिएको छैन। किभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रुसी आइएल ७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।यसको निर्माताले उल्लेख गरेको विवरण अनुसार उक्त विमानले १६७ जना सैनिक र चालकदलका छ वा सात सदस्य बोक्नसक्छ।युक्रेनका सैन्य कमान्डर जेनरल

सम्बन्धित सामग्री

साढे १८ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

किभ । युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता झण्डै १८ हजार पाँच सय रुसी सैनिक लडाइमा मारिएका युक्रेनी अधिकारीले बताएका छन् । युक्रेनको सशस्त्र बलमा जनरल स्टाफले फेसबुक पोस्टमा रुसी क्षतिको विवरण सार्वजनिक गर्दै २४ फेब्रुअरी यता ६७६ ट्याङ्क, १,८५८ बख्तरबन्द गाडी, १५० युद्ध विमान र १३४ हेलिकप्टर नष्ट भएको जनाएका छन्...

१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी

युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ । युक्रेनका सैन्य अधिकारीहरुले आफूहरुको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो । युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ । युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी कीभमा भीषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ । युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरुलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारीएको बताइउको छ। यसक्रममा रुसी सेनाका सरसामान पनि नष्ट भए

युक्रेनमा ११ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टर समेत खसालेको जनाएको छ । गत फेब्रुअरी २४ यता जारी रुसी सैनिक आक्रमणका […]

पाँच दिनमा ५,७०० रुसी सैनिक मारिएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनमा भएको भीषण युद्धको पाँच दिनमा पाँच हजार ७१० रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीहरूले दाबी गरेका छन् । युक्रेनको जेनेरल स्टाफका एकजना प्रवक्ताले फेसबुकमा पोस्ट गरेको भिडियो सन्देशमा २०० भन्दा बढी रुसी सैनिकलाई युद्धबन्दी बनाइएको पनि बताएका छन् । ती अधिकारीले १९८ रुसी ट्यांक, २९ विमान, ८४६ बख्तरबन्द गाडी...

५३ सय रुसी सैनिक मारिएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षका सुरुका चार दिनमा ५ हजार बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५ हजार ३ सय सैनिकको ज्यान गएको तथा १ सय ९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८ सय […]

युक्रेनको दाबी : हालसम्म ५००० रुसी सैनिक मारिए

युक्रेनका रक्षा मन्त्रालयले उसको सेनाले हालसम्म ५ हजार रुसी सैनिकलाई मारेको जानकारी दिएको छ ।युक्रेनी अधिकारीले फेसबुक पोस्टमार्फत् पछिल्लो चार दिनको लडाईंमा ५ हजार ३ सय रुसी सैनिकलाई मारेको जानकारी दिए ।रुसका १९१ ट्याङ्कर, २९ लडाकू विमान, २९ हेलिकोप्टर र सैनिक ओसारपसार गर्ने ८१६ हतियारधारी गाडी ध्वस्त पारिदिएको युक्रेनी अधिकारीले दाबी गरेका छन् ।यद्यपि, बीबीसी युक्रेनले यो दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको बताएको छ । तर बेलायतको रक्षा मन्त्रालयलाई विश्वास गर्ने हो भने सुरुवाती लडा

आक्रमणमा संलग्न ४३ सय रुसी सैनिक मारिएको र २७ रुसी विमान खसालिएको युक्रेनको दाबी

काठमाडौं– युक्रेनले आफ्नो देशमाथि आक्रमणमा संलग्न ४,३०० रुसी सैनिक मारि दिएको दाबी गरेको छ। युक्रेनी सहायक रक्षामन्त्रीले युद्धमा रुसको क्षतिको आँकडा फेसबुकमार्फत सार्वजनिक गर्दै युद्धको पहिलो तीन दिनको तथ्याङ्क भन्दै ४,३०० सैनिक मारिदिएको दाबी गरेकी हुन् । उनले सार्वजनिक गरेको क्षतिको विवरणअनुसार ४,३०० रुसी सैनिक मारिएको, २७ रुसी विमान खसालिएको, २६ हेलिकप्टर खसालिएको, १ सय […]

२,८०० रुसी सैनिक मारिएको युक्रेनको दाबी

अलजजिरा । युक्रेनको उपरक्षा मन्त्रीले करिब दुई हजार आठ सय रुसी सैनिक मारिएको दाबी गरेका छन् ।  युक्रेनी सेनाले स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म करिब ८० रुसी ट्याङ्क, पाँच सय १६ सशस्त्र लडाकु सवारी साधन, १० ओटा विमान र सातओटा हेलिकप्टर पनि ध्वस्त गरेको हान्ना मल्यारले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा भनिन्...

रुसी सैनिकहरूले युक्रेनमाथि चारैतिरबाट आक्रमण गर्ने आशंका

युक्रेनमा रुसले आक्रमण गर्न सक्ने सम्भावना बढिरहेको पश्चिमी सञ्चारमाध्यमहरूले बताएका छन् ।  युक्रेनी सीमामा रुसी सैनिकहरूको गतिविधि हेर्दा यसलाई रुसले भने जस्तो अभ्यास मात्र मान्न सकिन्न । यो त ठूलै सैन्य कारवाहीको तयारी जस्तो देखिन्छ ।  एक गोप्य प्रतिवेदनमा दाबी गरिएअनुसार, रुसले युक्रेनलाई चारैतिरबाट आक्रमण गर्न सक्छ र त्यसको आरम्भ किएभबाट हुनेछ ।  प्रतिवेदनका अनुसार, युक्रेनका अन्य प्रमुख शहरलाई रुसी सैनिक र ट्यांकले घेर्नेछन् अनि लडाकू विमान र हेलिकप्टर आकाशमा तैनाथ गरिनेछन् । रुसका लगभग ६० प्रतिशत स्थ...