काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुखले संसदमा दर्ता भइसकेको प्रस्ताव संसदमा पेश गर्दिन भन्न नपाइने बताएका छन्। स्थानीय तहको चुनावबारे एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको थापाथलीस्थित पार्टी कार्यालयबाट भर्चुअल रुपमा उद्घाटन गर्दै ओलीले एमसिसी पेश गर्दिन भन्ने अधिकार सभामुखले नभएको बताए। ‘सरकारले निर्णयार्थ पेश गर्न संसदमा दर्ता गरेको विषयलाई पेश नगरेर रोक्छु भन्ने अधिकार सभामुखलाई छैन, उनले अनधिकृत ढंगले बलमिच्याइँ गरेका छन्। ओलीले