काठमाडौँ। भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी सुकुम्बासी सँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौँ टोखा नगरपालिका– ८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका– ३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका– ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी रहेका छन्।