सरकारले माग्यो बजेटको लागि सुझाव, चैत्र मसान्त भित्र दिईसक्न आग्रह

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले  आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने बिषयहरुका सम्बन्धमा आफ्ना सुझावहरु आगामी २०७८ चैत्र मसान्तभित्र मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको छ ।मन्त्रालयल विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा सुझाव दिन अनुरोध गरेको छ । उपरोक्त सुझावहरु मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab मार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने मन्त्रालयले जनाएको छ।अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा २९ फागुनमा बसेको बैठकले ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ । समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल रहेका छन् । सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र बित्तिय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी छन् । ५ सदस्यीय समितिलाई दुई वटा कार्यक्षेत्र तोकिएको छ ।१) संसदको दुवै सदनमा पेश गरिने बिनियोजन बिद्येयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने ।२) आर्थिक बर्ष २०७९–८० को बजेट बक्तव्यको मस्यौदा तयार गरी पेश गर्ने ।समितिले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुस्कर कर्ण, बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्रकुमार उप्रेतीलगायतसँग समन्वय गरी बजेट लेखन कार्य अघि बढाउनेछ । 

सम्बन्धित सामग्री

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।...

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।...

सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्त भित्र नवीकरण गरिसक्नु पर्ने

११ असोज, काठमाडौं । सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरुले अब आफ्नो परिचयपत्र भदौ मसान्त भित्र नवीकरण गरिसक्नु पर्ने भएको छ । सरकारले सामाजिक सुरक्षा निमायवली २०७६ मा संशोधन गर्दै यस्तो नियम ल्याएको हो । यसअघि कात्तिक मसान्त भित्र परिचय पत्र नवीकरण गर्दा हुने प्रावधान रहेको थियो । तर, चालु आर्थिक वर्षका लागि भने कात्तिक मसान्त […]

असार मसान्त भित्रै तेस्रो किस्ताको कर तिर्न सरकारको आग्रह

सरकारले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७७/७८ को आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न आग्रह गरेको हो । विभागले  आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै तिर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा कार्यालयमा कर दाखिला गर्न भनेको छ ।सूचनामा भनिएको छ ' आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा | कार्यालयमा दाखिला गर्नुहुन जानकारी गराइएको छ ।'

विद्युतीय मतदान यन्त्र साउन मसान्त सम्म उपलब्ध गराउन माग

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रयोग गर्ने भए आफूहरुले भनेजस्तो मेसिन साउन मसान्त सम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको छ ।

संघ र प्रदेशको निर्वाचन कात्तिक मसान्त वा मङ्सिरको पहिलो साता

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

वैशाख मसान्त सम्ममा एनआईसी एशिया ब्यालेन्स फण्डको एनएभी रू. १३ .१०

जेठ १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालिन एनआईसी एशिया ब्यालेन्स फण्डले वैशाख मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । चैत मसान्त सम्ममा फण्डको एनएभी रू. १३ दशमलव २५ रहेकोमा वैशाख मसान्त सम्ममा रू. १३ दशमलव १० कायम भएको हो । त्यसैगरी फण्डको एनएभी सँगै सूचीकृत शेयरमा लगानी पनि घटेको छ । फण्डले चैत मसान्त सम्ममा सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४४ लाख लगानी गरेकोमा वैशाख मसान्त सम्ममा रू. ५५ करोड ८२ लाखमा झरेको हो ।  वैशाख मसान्त सम्ममा फण्डले रू. २१ करोड ९६ लाख नाफा कमाएको छ । यो नाफा चैत मसान्तसम्मको तुलनामा ५ प्रतिशत घटेको हो । फण्डले चैत मसान्त सम्ममा रू. २३ करोड १४ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमि आएसँगै नाफा घट्न पुगेको हो । चैत मसान्त सम्ममा फण्डले कूल रू. २४ करोड ६८ लाख आम्दानी गरेकोमा वैशाख मसान्त सम्ममा रू. २३ करोड ६५ लाखमा सिमित भएको हो ।

पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म थपियो

पाल्पा । गएको वैसाख १७ गतेदेखि पाल्पामा जारी निषेधाज्ञालाई थप कडाई गर्दै साउन मसान्त सम्म लम्व्याइएको छ । पाल्पामा दैनिक ५० जनाको हाराहारीमा संक्रमित थपिएको हुँदा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्ने निर्णय गदैै जारी निषेधाज्ञालाई ३२ गते राती १२ बजेसम्म लम्वाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । यस अघि बिहान […]

ललितपुरका एम्बुलेन्समा जिपिएस जडान गरिने, कोभिडका बिरामी निशुल्क बोक्ने

ललितपुरका एम्बुलेन्समा वैशाख मसान्त सम्ममा जिपिएस ट्र्याकिङ सिस्टम जडान गरिने भएको छ।