जेठ १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालिन एनआईसी एशिया ब्यालेन्स फण्डले वैशाख मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । चैत मसान्त सम्ममा फण्डको एनएभी रू. १३ दशमलव २५ रहेकोमा वैशाख मसान्त सम्ममा रू. १३ दशमलव १० कायम भएको हो । त्यसैगरी फण्डको एनएभी सँगै सूचीकृत शेयरमा लगानी पनि घटेको छ । फण्डले चैत मसान्त सम्ममा सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४४ लाख लगानी गरेकोमा वैशाख मसान्त सम्ममा रू. ५५ करोड ८२ लाखमा झरेको हो ।
वैशाख मसान्त सम्ममा फण्डले रू. २१ करोड ९६ लाख नाफा कमाएको छ । यो नाफा चैत मसान्तसम्मको तुलनामा ५ प्रतिशत घटेको हो । फण्डले चैत मसान्त सम्ममा रू. २३ करोड १४ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमि आएसँगै नाफा घट्न पुगेको हो । चैत मसान्त सम्ममा फण्डले कूल रू. २४ करोड ६८ लाख आम्दानी गरेकोमा वैशाख मसान्त सम्ममा रू. २३ करोड ६५ लाखमा सिमित भएको हो ।