युरोपेली सुपर लिग खेल्न सहमति जनाउने प्रिमियर लिगका छ शीर्ष टोलीसहित नौ टोलीमाथि युरोपेली फुटबल सङ्घले जरिवाना लगाएको छ । सङ्घको कारबाहीमा आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाइटेड तथा टटनहम हर्ट्सपर, एसी मिलान, इन्टर मिलान र एटलेटिको मड्रिडमाथि जरिवाना तोकिएको छ । युरोपेली फुटबल लिगबाट अलग हुन अस्वीकार गरेको रियल मड्रिड, बार्सिलोना र जुभेन्ट्सलाई भने उपयुक्त कारबाही गर्ने यूरोपेली फुटबल संघको अनुशासन समितिले जनाएको छ ।
यूरोपीयन सुपर लिग गत् अप्रिल १८ मा घोषणा गरिएको थियो । तर प्रशंसक र बेलायत सरकारको आलोचनापछि इंग्लीश क्लबले घोषणा भएको ४८ घण्टाभित्रै आफ्नो सहभागिता फित्र्ता लिएको थियो । कारबाहीमा परेका नौ वटै टोलीले एक करोड ५० लाख युरो बालबालिकाको हित र यूरोपमा फुटबलको प्रवर्धनका लागि खर्चिने सहमति जनाएका छन्् ।