म्याग्दी : गाउँको शिरानमा छङछङ गर्दै झरेका छहरा र पुछारका कलकल गर्दै बगेको म्याग्दी नदी। त्यही बीच रहेको २०८ घरधुरीमा खानेपानीको हाहाकार।बेनी नगरपालिका-२ को बगरफाँट गाउँमा दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ। पहिरोले खानेपानीको मुहान र पाइप बगाएपछि खानेपानीको अभाव भएको हो। गत असार ७ मा मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले खानेपानीको मुहान र पाइप बगाएको हो।यसबीचमा सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपलाइनमा क्षति