नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिज्ञा गरेको छ । स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र जारी गर्दै कांग्रेसले पार्टीका उम्मेदवारलाई विजयी गराए कोही पनि जनप्रतिनिधिले आफ्ना नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगीको रुपमा नियुक्त गरेर सरकारी स्रोतको दुरुपयोग नगर्ने प्रतिज्ञा गरेको हो ।