काठमाडौँ – नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’प्रकाशित भएको छ। समालोचक तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक तथा रूपान्तरणकारी आन्दोलनमा ज्यानको आहुति दिएका सहिद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, धर्म, दर्शन, आदि क्षेत्रमा […]