मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरिएको छ । वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ (भोजपुर), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणी माधव ढकाल (पाल्पा), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव (सिरहा)लाई प्रदान गरिने समाजका सभापति गोविन्द खनालले जनाएका छन् ।यस्तै, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल (बाँ