दाङ - दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ महिने शिशुको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन्।
बस दुर्घटनामा भारतकाे मोतीहारी जिल्लाका असिर आलमका छोरा नानु आलमकाे ज्यान गएकाे हाे ।
आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँमा रहेकाे दालाई खोला नजिक वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा न...