मनहरीमा यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु ९ घाइते

मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ गद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।उनले तत्काल क्षतिको

सम्बन्धित सामग्री

अछाममा यात्रुवाहक बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

अछाममा मंगलवार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ ।  मंगलशेन नगरपालिकाबाट धनगढी जाँदै गरेको ना ६ ख ८२९ बस मंगलशेन–४ मा अपरान्ह ४ बजेतिर दुर्घटना भएको अछाम प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।  उनका अनुसार बसमा ३८ जना सवार थिए । २९ जना घाइते भएको बताइएको छ । ‘बसभित्र थप यात्रु हुन सक्ने भएकाले बस पल्टाएर खोजी भइरहेको छ,’ उनले भने, ‘बस सडकबाट २० मिटर तल खसेको छ ।’ बसका चालक र सहचालक फरार छन् । दुर्घटनाको कारण भने पत्त...

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ घाइते

सिन्धुपाल्चोकमा आज यात्रुवाहक बस दुर्घटना भएको छ ।  दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।  मृत्यु हुने दुवै पुरुष रहेको र उनीहरूको पहिचान नखुलेको ठोकर्पा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतले जानकारी दिए ।  उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाइते छन् । घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए ।  वाफलबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिकाको छापको घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  ...

आबुखैरेनीमा बस दुर्घटना : तीनकाे मृत्यु, १२ जना घाइते

आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने १२ जना घाइते भएका छन्। पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.५. ख. ४२९४ नम्बर यात्रुवाहक बस आबुखैरेनी गाउँपालिका ऐना पहरामा दुर्घटना भएको हो।

नुवाकोटमा बस दुर्घटना, २ को मृत्यु, १५ भन्दा बढी घाइते

२६ असोज, काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् । समुन्द्रटारबाट त्रिशूलीतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरकाे यात्रुबाहक बस शुक्रबार बिहान …

फर्पिङमा बस पल्टिँदा २ को मृत्यु, २२ यात्रु घाइते

दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस पल्टँदा २ जनाको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका दक्षिणकाली मन्जु बस्नेत र सुनिल श्रेष्ठको उपचारका क्रममा राजधानीको वयोधा अस्पतालमा मृत्यु भएको हो। बिहीबार बिहान साढे ९ बजेतिर काठमाडौं आइरहेको बा १ ख ९९९९ नम्बरको यात्रुवाहक बस फर्पिङमा दुर्घटनामा परेको थियो। घाइते…