काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको अन्तिम मिति तोकेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले ७३ जिल्लालाई नवीकरण र नयाँ क्रियाशील सदस्यताको इन्ट्री गर्न वैशाख १५ को अन्तिम मिति निर्धारण गरेको छ ।केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकका अनुसार बैशाख १५ गते राति १२ बजेदेखि नवीकरण र नयाँ क्रियाशील सदस्यता कम्प्युटर सफ्टवेयरमा इन्ट्री हुने सिस्टम स्वतः बन्द गरिने छ ।यस्तै क्रियाशील सदस्यता नवीकरण र वितरण सम्बन्धी कार्य पार्टीको वि