बाढी पहिरोले सडक बगाएपछि खच्चडबाट खाद्यान्न ढुवानी

बाढीपहिरोले सडकमा क्षति पुगेपछि ढुवानीमा समस्या हुँदा मनाङमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई खच्चडबाट ढुवानी गरिएको छ । गत असार १ गते आएको बाढीपहिराका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो । खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा …

सम्बन्धित सामग्री

बाजुरामा यातायात बन्द, खच्चर मार्फत खाद्यान्न ढुवानी

गत जेठदेखि बाजुरामा लगातार परेको झरीका कारण सडकको ठाँउ-ठाँउमा पहिरो बग्न थालेपछि साँफे मार्तडी लोकमार्ग अझै सुचारु हुन सकेको छैन । लामो समय देखि सडक सुचारु नहुँदा बाजुराका स्थानीयहरूलाई खाद्यान्न ढुवानी गर्नुका साथै आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ । पहिरोले लोकमार्ग बन्द भएपछि सदरमुकाम मार्तडीका व्यापारीहरूले पहिलेझैँ खच्चरमा सामान ढुवानी गर्दै आएका छन् । व्यापारीहरूले यसरी खच्चर मार्फत सामान ढुवानी गर्दा उपभोक्ताहरू चर्को मूल्यमा सामान खरिद गर्न बाध्य भएका छन् । सडक पहिरोमा परिणत भएपछि यहाँका अधिकांश किसानले बारीमा उत्पादन गरेका तरकारी पनि बजारमा पुऱ्याउन पाएका छैनन् ।

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर...

वर्षायाम कटाउन ९ हजार क्विन्टल चामल माग गर्दै बारेकोट गाउँपालिका

असार १०, जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ ।  बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महीना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाई आग्रह गरिएको अध्यक्ष शाहले बताए ।  बारेकोटमा अघिल्लो वर्ष गएको बाढी र पहिरोले व्यापक क्षति भएपछि यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन् । खेतीयोग्य जमीनमा व्यापक क्षति हुँदा यो वर्ष उत्पादनमा समेत गिरावट आएको थियो ।  बारेकोट–४ का ७३ घरधुरी यो वर्षामा पनि अघिल्लो वर्ष वितरण गरिएका पाल टाँगेर सुरक्षित ठाउँमा बसिरहेका छन् । मकै लगाएको खेतबारीमा बाढीपहिरोले भारी क्षति गर्दा खाद्यान्न संकट परेको बारेकोट–५ का जनकबहादुर शाहीले बताए । यो वर्ष मात्र सडक सञ्जालमा जोडिएको बारेकोटमा वर्षायाममा पहिरो जाँदा तथा खोलामा पानी बढ्दा अवरुद्ध हुने गर्दछ । कच्ची कटान र कमजोर माटोको कारण बारेकोटको सडक सजिलै अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुनुअगावै बारेकोटमा खाद्यान्न ढुवानी कार्य पूरा गर्न गाउँपालिकाले आग्रह गरेको हो ।  त्यस्तै, अघिल्लो वर्ष छियाछिया भएको जमीन यो पटकको वर्षामा पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न गाउँपालिकाले आग्रह गरेको छ । बाढी  र पहिरोबाट हुनसक्ने क्षतिको उद्धारका लागि गाउँपालिकाले वीरेन्द्र हिमालय माध्यमिक विद्यालय लिम्सामा अस्थायी ब्यारेक निर्माण गरी २० जना सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई राख्न पहल शुरु गरेको बताएको छ । जनताको जिउधनको सुरक्षाका साथै उद्धार तथा राहत वितरणमा सहजता ल्याउन अस्थायी ब्यारेक बनाई उच्च सतर्कताका साथ काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । जिल्लाको दुर्गम गाउँपालिकामध्ये बारेकोट पनि एक हो । रासस

बाढीपहिरोले सडक सम्पर्क बिच्छेद भएपछि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिने

उदयपुर । लगातारको भिषण बाढी पहिरोले सडक सञ्जाल क्षतिग्रस्त भएपछि उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा खाद्यन्न संकट हुन थालेपछि त्यहाँ...