गत स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष पदमा पाएको मत अनुसार एमाले पहिलो दल बनेको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरण अनुसार यी पदमा एमालेले लोकप्रिय मत पाएको हो ।आयोगले सार्वजनिक गरको विवरण अनुसार नगरप्रमुख पदमा एमालेले सर्वाधिक २३ लाख ४८ हजार ७ सय ९ मत अर्थात ३४ दशमलव ५८ प्रतिशत मत पाएको छ । दोस्रोमा काँग्रेसले २२ लाख ७९ हजार ३ सय ६३ मत अर्थात ३३ दशमलव ५६ प्रतिशत मत पाएको छ । तेस्रोमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६ सय ९३ मत