इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत २१ औं म्याचमा कोलकाता नाइट राइडरले पञ्जाव किङ्ग्सलाई १२३ रनमा रोकेको छ ।टस जितेर फिल्डिङ रोजेको कोलकाताले पञ्जावलाई सुरुदेखि नै दबाबमा राखेको हो । स्कोरबोर्डमा १२३ रन जोड्ने क्रममा पञ्जावले ९ विकेट गुमायो ।पञ्जावका लागि मयंक अग्रवालले ३१, क्रिस जोर्डनले ३० रन बनाए भने कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रनको योगदान गरे । त्यस्तै शाहरुख खानले १३ रन बनाए ।यस क्रममा कोलकाताका लागि प्रशिद्ध कृष्णाले तीन, पाट कमिन्स र सुनिल नारिनले दुई दुई विकेट लिए