लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने - विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्छ

बुटवल - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट...

सम्बन्धित सामग्री

बीआरआई कार्यान्वयनका लागि छिट्टै योजना बनाइँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा आधारित परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एक साता लामो चीन भ्रमणमा बीआरआईका परियोजनाबारे उपलब्धिमूलक छलफल नभए पनि प्रधानमन्त्री दाहालले आइतवार काठमाडौंमा चिनियाँ राजदूत छन सोङ लगायतको उपस्थितिमा भएको कार्यक्रममा परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेपाल–चीन फ्रेण्डसिप फोरमले गरेको ‘बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपालले बीआरआईबाट लाभान्वित हुन चाहेको बताउनुभयो । ‘अब छिट्टै कार्ययोजना बनाएर परियोजना अगाडि बढाइनेछ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीले यस्तो बताए पनि बीआरआई अन्तर्गत कार्यान्वयन गरिने परियोजनाको अहिलेसम्म टुंगो लागिसकेको छैन । प्रधानमन्त्री दाहालका अनुसार नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम सरकारले गर्नेछ । ‘विगत १० वर्षमा बीआरआईमार्फत एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्त्याउन सकेन,’ उहाँले भन्नुभयो, ‘अब बीआरआई मनोकामनाको सूची मात्र हुने छैन । बीआरआई सम्बन्धी कार्यान्वयनयोग्य परियोजना छनोट गरी अघि बढाउनेछौं । यो नेपाल सरकारको स्पष्ट धारणा हो ।’ विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पूँजीको खाँचो प्रधानमन्त्री दाहालले औंल्याउनुभयो । त्यसका लागि बीआरआई महङ्खवपूर्ण स्रोत हुन सक्ने विश्वास उहाँको छ । बीआरआई परियोजना अघि बढाउन ढिलाइ भएको उहाँले स्वीकार गर्नुभयो । ‘यसमा कोभिड महामारी, सरकारी प्रणाली र संरचनागत सीमा समेत जिम्मेवार छन्,’ उहाँले भन्नुभयो, ‘नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ ।’ अब परियोजनामा लगानीको मोडेलबारे मसिनो गरी छलफल गरिने उहाँले बताउनुभयो । चीनलाई पनि लगानी सम्बन्धी नीतिमा पुनर्विचार गर्न प्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो । ‘कतिपय परियोजनाका सन्दर्भमा चीनले अनुदान र सहायताको नीति लिने विश्वास छ, नेपाल बीआरआईबाट पूरा लाभान्वित हुन चाहन्छ, हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ,’ उहाँले भन्नुभयो, ‘परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुन सक्ने परिस्थिति छैन ।’ विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पूँजीको खाँचो प्रधानमन्त्री दाहालले औंल्याउनुभयो । त्यसका लागि बीआरआई महत्त्वपूर्ण स्रोत हुन सक्ने विश्वास उहाँको छ । सन् २०१७ को मे १२ मा नेपालले बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म यसका लक्षित परियोजना अघि बढ्न सकेका छैनन् । यो सम्झौतामा नेपालले हस्ताक्षर गर्दा पेचिङमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराले गरेका थिए । त्यसयता यो सम्झौता सधैं चर्चामा छ । तर लामो समय बितिसक्दा पनि देखिनेगरी प्रगति भएको छैन ।  यस बीचमा चीनका राष्ट्रपति सि चिन फिङ लगायत दर्जनौं चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण गरिसकेका छन् । नेपालबाट पनि राष्ट्रपतिस्तरीय तथा प्रधानमन्त्री र मन्त्रीस्तरीय भ्रमण भएका छन् । दुवै तर्फबाट हुने हरेक भ्रमणमा बीआरआई परियोजनाको विषय उठ्ने गर्छ । तर सम्झौताबारे नेपालमा औपचारिक मञ्चहरूमा बुँदागत बहस आजसम्म भएको छैन । बीआरआईको संशोधित प्रस्तावनामा सडक सञ्जालका साथै पक्ष राष्ट्रको माग अनुसारका पूर्वाधारको विकास निर्माण र अन्य क्षेत्रलाई समेटेर अघि बढ्ने उल्लेख छ ।

सरकारले प्रजातन्त्र दिवस मनाउने, बिदा दिन सोच्नुपर्ने प्रचण्डको भनाइ

‘हाम्रा सरकारी बिदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ । सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ’ प्रधानमन्त्रीले भने।

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, 'हाम्...

बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, 'हाम्...

बिदा धेरै हुँदा सेवा प्रभावित भयो, पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताउनुभयो । उहाँले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, […]

नागरिकता विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ : पोखरेल

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्नका लागि संघीय संसद्मा फिर्ता पठाएको नागरिकता विधेयकबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुपर्ने प्रमुख प्रतिपक्षी एमालेले माग गरेको छ ।

कांग्रेसका मन्त्रीहरूको ‘लो पर्फमेन्स’, हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब

‘कांग्रेसका मन्त्रीहरू छन् कि छैनन् जस्तो अवस्था छ । पार्टीकै नेताहरूले चाहँदा मन्त्री भेट्ने अवस्था छैन । सांसदहरूले भनेका सामान्य कामपनि मन्त्रीहरूले गर्दैनन् । प्रधानमन्त्रीले आफ्नो टिममा पुनर्विचार गर्नुपर्छ’, कांग्रेसका एक सांसदले भने ।

राजपा नेतालाई प्रधानमन्त्रीले भने– माग असान्दर्भिक भए, पुनर्विचार गर्नुस्

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका कतिपय माग असान्दर्भिक भएको बताएका छन् । बिहीबार संविधान संशोधनलगायतका मागबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बोकेर बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलका संयोजक र सदस्यहरुसँग कुराकानी गर्दै ओलीले त्यस्ता माग पुनर्विचार गर्न आग्रह गरेका हुन् । ‘हिजोका कतिपय माग …