रसुवा - रसुवागढी नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा ३ सय ९१ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ ।
नाकाबाट सामग्रीको आयात अनियमित भएको भए पनि खाद्य सामग्रीको आयातमा भने केही वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको थियो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् ...