रसुवा - रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १ सय ४६ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ ।
खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको तथ्याङ्क अनुसार फलफूल तथा सागपातजन्य ४८ दशमलव ५ टन, खाद्यान्न दलहन तथा अन्य १७ दशमलव ६ टन, मसलाजन्य १३ दशमलव ८, मासुजन्य २ दशमलव ४, दूधजन्य १ दशमलव ६, चियाजन्य ७ दशमलव ४ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका २८ टन खाद्य सामग्री आयात भएको हो ।
चीनबाट सोया सस, भिनेगर, ...