निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी मृत्यु प्रकरण: सरकारसँग सहमति, अनशन तोडिँदै

नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनामा ४१ दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत पक्षले सरकारसँग सहमतिमा पुगेको बताएको छ ।

सम्बन्धित सामग्री

निर्मला कुर्मी बेपत्ता प्रकरण : सरकार र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति

काठमाडौँ। निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र सरकारबीच ३ बुँदे सहमति भएको छ । सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा अनशनरत महिलाहरुले धर्नाको कार्यक्रम स्थगित गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सहमति भएको हो। प्रधानमन्त्रीले अब भएको सहमति कार्यान्वयन गर्ने वाचा गरेपछि आफूहरू सहमत भएको धर्नाको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खानले […]

निर्मला कुर्मी प्रकरण : एक महिना धर्नापछि अनशन बस्ने तयारी

काठमाडौं : निर्मला कुर्मीलाई न्याय माग गर्दै अधिकारकर्मीसहित आफन्तले माइतीघरमा धर्ना थालेको शुक्रबार ३० दिन पुगेको छ। बाँकेकी अधिकारकर्मी रुबी खानसहित कुर्मीका परिवार हरेक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म माइतीघर मण्डलामा धर्नामा बस्ने गरेका छन्। धर्ना शुरु गर्नुअघि उनीहरू हरेक दिन बिहान कलंकीबाट लाल्टिन बालेर न्यायको माग गर्दै माइतीघर आउने गरेका छन्। निर्मला कुर्मीको सम्पत्ति हडपेर हत्या गर्दा समेत सरकार संवेदनशील नभएको भन्दै अधिकारकर्मी खानले न्यायीक आयोग गठन नगरेसम्म आफूहरू पछि नहट्ने ...

माइतीघरमा रुवि खानलाई भेट्न पुगे गृहमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका अधिकारकर्मीसँग भेट गरेका छन्।बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एकटोली माइतीघरमा धर्नामा छन्। सो क्रममा लामिछानेले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको भन्दै धर्ना छाड्न आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

माइतीघरमा रुवि खानलाई भेट्न पुगे गृहमन्त्री, धर्ना छाड्न आग्रह

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने माइतीघरमा धर्नारत रुवि खानलाई भेट्न पुगेका छन् । शनिबार लामिछाने खान धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेका हुन् ।  नेपालगन्जबाट पैदल हिँडेरै आएर अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक

निर्मला कुर्मी हत्या अनुसन्धान सिआईवीको विशेष टोलीबाट : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो । उहाँले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर …

सरकारसँग सहमति भएसँगै अनसनरत रुवी खानले तोडिन् अनसन

सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो ।सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउनेछ । सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शिक्षण अस्पताल पुगेर रुवी खानको अनशन तोडाएका हुन् । खानको अनसन तोडाउन गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारी त्रिवि शिक्षण

सरकार र रूबी खानबीच सहमति, माइतीघरमा अनसन तोड्ने

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।

धोबी मृत्यु र कुर्मी बेपत्ता प्रकरण : सरकार र महिला अधिकारकर्मीबीच वार्ता सुरु

काठमाडौं : बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच वार्ता सुरु भएको छ।धोबी र कुर्मी प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् भने आन्दोलनको नेतृत्व गरिरहेकी रूबी खान १० दिनदेखि आमरण अनशनमा बसेकी छिन्।उक्त प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरू नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका छन्।सोमबार बिहान माइती नेपालकै का

नेपालगञ्जदेखि पैदल काठमाडौं आएका महिलाहरु न्याय माग्दै माईतीघरमा (फोटोफिचर)

काठमाडौं, २२ असोज । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत्यु प्रकरणमा चित्तबुझ्दो अनुसन्धान नभएको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि सरकारले खोजीनिती नभएको भन्दै न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर काठमाडौं आएकाहरुले आज माईतीघरमा धर्ना दिएका छन् । उनीहरुले बोकेको ब्यानरमा ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’, नन्कुन्नी धोबीलाई न्याय […]