काठमाडौं : निर्मला कुर्मीलाई न्याय माग गर्दै अधिकारकर्मीसहित आफन्तले माइतीघरमा धर्ना थालेको शुक्रबार ३० दिन पुगेको छ।
बाँकेकी अधिकारकर्मी रुबी खानसहित कुर्मीका परिवार हरेक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म माइतीघर मण्डलामा धर्नामा बस्ने गरेका छन्। धर्ना शुरु गर्नुअघि उनीहरू हरेक दिन बिहान कलंकीबाट लाल्टिन बालेर न्यायको माग गर्दै माइतीघर आउने गरेका छन्।
निर्मला कुर्मीको सम्पत्ति हडपेर हत्या गर्दा समेत सरकार संवेदनशील नभएको भन्दै अधिकारकर्मी खानले न्यायीक आयोग गठन नगरेसम्म आफूहरू पछि नहट्ने ...