नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

२१ भदौ, काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो । ‘बिहीबारको …

सम्बन्धित सामग्री

संगीता पहाडी बनिन् नेपाल टेलिकमको प्रबन्ध निर्देशक

संगीता पहाडी अर्याल नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक बनेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको हो ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको नेतृत्व सुम्पिने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङकाे प्रस्तावमा पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

टेलिकम र मौसम विभागबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल …

नेपाल टेलिकम र सर्वोच्चबीच अदालतहरुमा दूरसञ्चार सेवाका लागि सम्झौता

काठमाडौं । नेपाल टेलिकम र सर्वोच्च अदालतबीच अदालतहरुमा विविध दूरसञ्चारका सेवाहरु उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्चका तर्फबाट सह–रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टेलिकमले तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा […]

टेलिकमको ब्रान्ड एम्बेसडरमा ‘महजोडी’

काठमाडौं, फागुन २७ । नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।हास्यव्यंग्य तथा कलाकारिता क्षेत्रका महजोडी श्रेष्ठ र आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो । शुक्रबार नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ब्राण्ड […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको हो । कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै […]

टेलिकमको निमित्त निर्देशक संगीता पहाडी अर्यालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी उनलाई बुधबार नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । निर्णयअनुसार संगीतालाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज १७ गतेको निर्णय अनुसार पहाडीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।  उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् ।  नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी हुन् । उनी २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन्। उनले २०५१ फागुन १० गते स्थायी नियुक्ति पाएकी थिइन् । उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।

एनटीसीमा प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया तत्काल अघि नबढ्ने

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)मा प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रियाविरुद्ध अदालतमा परेको रिटउपर सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेसँगै तत्काल प्रक्रिया अघि नबढ्ने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिकाविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा दुई रिट परेका थिए । प्रबन्ध निर्देशक नियुक्तिका लागि दरखास्तको शर्त नै फेरिएको भन्दै परेको रिटमा सर्वोच्चले बुधवार सरकारलाई कारण देखाऊ आदेश गरेको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध परेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले लिखित जवाफ पेश गर्न आदेश गरेको हो । योग्यता पुगे पनि योग्यताको मापदण्डमा अनियमितता भएको भन्दै  पूर्वकर्मचारी समेतले सरकारलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले नियुक्ति प्रक्रिया आगामी सोमवारसम्मका लागि रोकेर दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश गरेको छ । न्यायाधीश खतिवडाको इजलाशले उक्त रिटमा ‘निवेदकको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने हो, लिखित जवाफ पेश गर्नू’ भन्ने आदेश गरेको छ । अदालतले पुुस १२ गत मन्त्रालयमा छलफलमा बोलाएसँगै त्यसपछि अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा निर्णय दिनेछ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौजनाले आवेदन दर्ता गराएका छन् । आवेदन दिनेमध्ये बुद्धि आचार्य नेपाल टेलिकमकै पूर्व प्रबन्ध निर्देशक हुन् । यस्तै, टेलिकमको वर्तमान प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी पनि प्रबन्ध निर्देशकको दौडमा छिन् । यसैगरीखानेपानी संस्थानका पूर्व महानिर्देशक एवं इन्जिनियर अर्जुनबाबु ढकाल, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटानिकट मानिने सुनील पौडेल, टेलिकमकै पूर्व कर्मचारी प्रदीपराज उपाध्याय, सुरजसिंह थापा र टेलिकमको वीरगञ्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले समेत प्रबन्ध निर्देशकका लागि आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी पुस ६ गतेसम्मको म्याद राखेर नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि खुला आवेदन माग गरेको थियो । हालका प्रबन्ध निर्देशक डिल्ली अधिकारीको कार्यकाल पुस २२ गते सकिन लागेको छ । नियमअनुसार पुस २२ अघि नै प्रबन्ध निर्देशक नियुक्ति गर्नुपर्नेछ ।