नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको हो । कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै […]

सम्बन्धित सामग्री

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज १७ गतेको निर्णय अनुसार पहाडीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।  उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् ।  नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी हुन् । उनी २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन्। उनले २०५१ फागुन १० गते स्थायी नियुक्ति पाएकी थिइन् । उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।