नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको नेतृत्व सुम्पिने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङकाे प्रस्तावमा पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

सम्बन्धित सामग्री

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटमा विवाद

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटको मुद्दामा टेलिकम सम्बद्ध कर्मचारी युनियनहरूले तीव्र विरोध जनाएका छन् । योग्यता, अनुभव तथा टेलिकम भित्रकै वरिष्ठताको आधारमा प्रबन्ध निर्देशक छनोट नगरी सरकारले बिचौलियाको भरमा विवादित व्यक्तिलाई टेलिकममा भित्र्याउन लागेको भन्दै कर्मचारी युनियनहरूले विरोध जनाएका हुन् । गत आइतबार टेलिकम सम्बद्ध कर्मचारी संगठन ‘नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीयू)’ ले प्रबन्ध निर्देशक छनोटको प्रक्रिया विरुद्ध विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । यूनियनल

कर्मचारीबाटै प्रबन्ध निर्देशक बनाउन माग गर्दै टेलिकममा आन्दोलन

२३ चैत । काठमाडौं । नेपाल टेलिकममा भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरीरहेको बेला कर्मचारीले […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो। उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। मन्त्रालयले जिम्मेवारी […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य नियुक्त

काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेकोले उनलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रालयले आइतबार टेलिकमलाई पत्र पठाउँदै वैद्यलाई सचिवस्तरीय निर्णयानुसार निमित्त प्रबन्ध […]

‘कुनै एक व्यक्तिविशेषलाई टेलिकमको प्रबन्ध निर्देशक बनाउन कार्यविधि ल्याएको होइन’

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्तिको कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको अर्यालले प्रष्ट्याएका हुन्। सचिव अर्यालले कार्यविधि समितिको निर्देशनको आधारमा नै बनेको बताए। उनले पछिल्लो समय […]

कसलाई नेपाल टेलिकमको प्रमुख बनाउन बदलियो निर्देशिका ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि अघि बढेको प्रक्रिया विवादमा फसेको छ । पुस २२ गतेबाट डिल्लीराम अधिकारी प्रबन्ध निर्देशक पदबाट बिदा हुने भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा सम्बन्धी नयाँ निर्देशिका र विज्ञापनमा विवाद परेको हो ।

एनटीसीमा प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया तत्काल अघि नबढ्ने

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)मा प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रियाविरुद्ध अदालतमा परेको रिटउपर सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेसँगै तत्काल प्रक्रिया अघि नबढ्ने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिकाविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा दुई रिट परेका थिए । प्रबन्ध निर्देशक नियुक्तिका लागि दरखास्तको शर्त नै फेरिएको भन्दै परेको रिटमा सर्वोच्चले बुधवार सरकारलाई कारण देखाऊ आदेश गरेको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध परेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले लिखित जवाफ पेश गर्न आदेश गरेको हो । योग्यता पुगे पनि योग्यताको मापदण्डमा अनियमितता भएको भन्दै  पूर्वकर्मचारी समेतले सरकारलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले नियुक्ति प्रक्रिया आगामी सोमवारसम्मका लागि रोकेर दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश गरेको छ । न्यायाधीश खतिवडाको इजलाशले उक्त रिटमा ‘निवेदकको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने हो, लिखित जवाफ पेश गर्नू’ भन्ने आदेश गरेको छ । अदालतले पुुस १२ गत मन्त्रालयमा छलफलमा बोलाएसँगै त्यसपछि अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा निर्णय दिनेछ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौजनाले आवेदन दर्ता गराएका छन् । आवेदन दिनेमध्ये बुद्धि आचार्य नेपाल टेलिकमकै पूर्व प्रबन्ध निर्देशक हुन् । यस्तै, टेलिकमको वर्तमान प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी पनि प्रबन्ध निर्देशकको दौडमा छिन् । यसैगरीखानेपानी संस्थानका पूर्व महानिर्देशक एवं इन्जिनियर अर्जुनबाबु ढकाल, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटानिकट मानिने सुनील पौडेल, टेलिकमकै पूर्व कर्मचारी प्रदीपराज उपाध्याय, सुरजसिंह थापा र टेलिकमको वीरगञ्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले समेत प्रबन्ध निर्देशकका लागि आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी पुस ६ गतेसम्मको म्याद राखेर नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि खुला आवेदन माग गरेको थियो । हालका प्रबन्ध निर्देशक डिल्ली अधिकारीको कार्यकाल पुस २२ गते सकिन लागेको छ । नियमअनुसार पुस २२ अघि नै प्रबन्ध निर्देशक नियुक्ति गर्नुपर्नेछ ।

टेलिकमको ब्राण्ड एम्बेसडरमा मह जोडी

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे […]

टेलिकमको ब्राण्ड एम्बेसडर बने मह जोडी

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन्। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर […]