एनटीसीमा प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया तत्काल अघि नबढ्ने

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)मा प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रियाविरुद्ध अदालतमा परेको रिटउपर सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेसँगै तत्काल प्रक्रिया अघि नबढ्ने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिकाविरुद्ध अन्तरिम आदेश माग गर्दै अदालतमा दुई रिट परेका थिए । प्रबन्ध निर्देशक नियुक्तिका लागि दरखास्तको शर्त नै फेरिएको भन्दै परेको रिटमा सर्वोच्चले बुधवार सरकारलाई कारण देखाऊ आदेश गरेको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध परेको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले लिखित जवाफ पेश गर्न आदेश गरेको हो । योग्यता पुगे पनि योग्यताको मापदण्डमा अनियमितता भएको भन्दै  पूर्वकर्मचारी समेतले सरकारलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले नियुक्ति प्रक्रिया आगामी सोमवारसम्मका लागि रोकेर दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश गरेको छ । न्यायाधीश खतिवडाको इजलाशले उक्त रिटमा ‘निवेदकको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने हो, लिखित जवाफ पेश गर्नू’ भन्ने आदेश गरेको छ । अदालतले पुुस १२ गत मन्त्रालयमा छलफलमा बोलाएसँगै त्यसपछि अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा निर्णय दिनेछ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौजनाले आवेदन दर्ता गराएका छन् । आवेदन दिनेमध्ये बुद्धि आचार्य नेपाल टेलिकमकै पूर्व प्रबन्ध निर्देशक हुन् । यस्तै, टेलिकमको वर्तमान प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी पनि प्रबन्ध निर्देशकको दौडमा छिन् । यसैगरीखानेपानी संस्थानका पूर्व महानिर्देशक एवं इन्जिनियर अर्जुनबाबु ढकाल, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटानिकट मानिने सुनील पौडेल, टेलिकमकै पूर्व कर्मचारी प्रदीपराज उपाध्याय, सुरजसिंह थापा र टेलिकमको वीरगञ्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले समेत प्रबन्ध निर्देशकका लागि आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी पुस ६ गतेसम्मको म्याद राखेर नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि खुला आवेदन माग गरेको थियो । हालका प्रबन्ध निर्देशक डिल्ली अधिकारीको कार्यकाल पुस २२ गते सकिन लागेको छ । नियमअनुसार पुस २२ अघि नै प्रबन्ध निर्देशक नियुक्ति गर्नुपर्नेछ ।

सम्बन्धित सामग्री

टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति हुँदै, कसले मार्ला बाजी

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकममा सम्भवतः आजै प्रबन्ध निर्देशक नियुक्ति हुँदै छन् । टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै सुरु गरिएको नियुक्ति प्रक्रिया पछि सम्भवतः आज नै निर्णय हुँदै छ । सञ्चार सचिवको संयोजकत्व रहने छनौट समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेसँगै दिउँसो ४ बजे बस्ने […]

नेपाल टेलिकममा भित्रकै कसैलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं। नेपाल टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन्। नियुक्ति प्रक्रिया अन्तिममा पुगेर

टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया सुरू

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि मापदण्ड संशोधन गर्ने सरकारी निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नियुक्ति प्रक्रिया अघि बढेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा प्रबन्ध निर्देशकका निमित्त प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारको सूची प्रकाशन गरेको छ । अदालतले यसअघिको अन्तरिम आदेश खारेजसँगै रिट निवेदन नै […]

नेपाल टेलिकम : निर्देशिकाविरुद्धको रिट खारेज

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन ।प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक दुई रिट अदालतले खारेज गरेको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। कम्पनीको प्रबन्ध निर्देशकको दरखास्त आह्वानसमेत भइसकेको छ ।

टेलिकमको एमडी नियुक्तिविरुद्धको रिट खारेज, नियुक्ति प्रक्रिया अघि बढ्ने भयो

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। बुधबार तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले दुवै मुद्दामा फैसला सुनाउँदै रिट खारेज गरेको हो।

टेलिकमको एमडी नियुक्तिविरुद्धको रिट खारेज, नियुक्ति प्रक्रिया अघि बढ्ने भयो

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। बुधबार तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले दुवै मुद्दामा फैसला सुनाउँदै रिट खारेज गरेको हो।

उमेर हद विवादमा अल्झियो टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक पदका लागि ९ जनाले आवेदन दिए पनि नियुक्ति प्रक्रिया तत्काललाई स्थगन भएको छ । हालै परिमार्जित प्रबन्ध निर्देशकको नियुक्ति र सेवा–सुविधासम्बन्धी निर्देशिकालाई लिएर अदालतमा मुद्दा परेपछि प्रक्रिया अवरुद्ध भएको हो ।

कसलाई नेपाल टेलिकमको प्रमुख बनाउन बदलियो निर्देशिका ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि अघि बढेको प्रक्रिया विवादमा फसेको छ । पुस २२ गतेबाट डिल्लीराम अधिकारी प्रबन्ध निर्देशक पदबाट बिदा हुने भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा सम्बन्धी नयाँ निर्देशिका र विज्ञापनमा विवाद परेको हो ।