सुर्खेत : सम्झौता मिति सकिन करिब ८ महिना बाँकी रहँदा कर्णालीमा १३२ केभी प्रशारण लाइन तोकिएकै मिति भित्र पूरा हु्ने भएको छ। मुआब्जादेखि अन्य विवाद सल्टिएपछि कोहलपुर–सुर्खेतमा १३२ केभी प्रशारण लाइन तोकिएकै मितिमा भित्र पूरा हुने भएको हो।बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ।विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाभार हु